नेकपा माओवादी केन्द्र र नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

यसअघि शनिबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।

बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आज दिउँसो देखि सुरू हुने केन्द्रस्य समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बस्दैछ ।

बैठकले केन्द्रीय समितिका अजेन्डालाई पनि अन्तिम रूप दिदैँछ ।

एमालेको केन्द्रिय कमिटीको बैठक आजबाट

सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदैछ ।

गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

बैठक बिहान ११:०० बजेबाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्नेछ।

सो पार्टीको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।

जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बीचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ-आफनो धारणा राख्ने बुझिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *