‘हामी सधैं सचेत तथा सुरक्षित सेवाका लागि प्रतिबद्ध छाैं’- बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड
थानकोट ।
तनहुँको बन्दीपुरमा सञ्चालनमा रहेको बन्दीपुर केबलकारका सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचार भ्रमपूर्ण भएको स्पष्ट भन्दै केबलकार सञ्चालक कम्पनीले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ ।
शनिबार केही सञ्चारमाध्यमहरूमा बन्दीपुर केबलकारको लठ्ठा चुँडिएको भन्दै समाचार प्रकाशित भएपछि बन्दीपुर केबलकारको प्रवर्द्धक बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारको खण्डन गरेको हो ।
कम्पनीले केबलकारको नियमित मर्मत संभारका लागि यसअघि नै सूचना जारी गर्दै केबलकार सेवा स्थगित रहने जनाएको थियो ।
यस्तो छ बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जारी गरेको विज्ञप्ति