मच्छेगाउँमा केएमसीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, ६ सय जनाले लिए सेवा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले चन्द्रागिरि नगरपालिकामा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा ५ सय ६८ जनाको परीक्षण भएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ६४ जनाको ल्याब परीक्षण, ८४ जनाको अल्ट्रासाउन्ड, ६८ जनाको ईसीजी गरिएको थियो ।

डा. शर्माले नेतृत्व सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थप गरेका छन भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *