बाह्रवर्षे नाच हेर्न थानकोट कोतघरमा उल्लेख्य भीड, नाच अहिले बिहान ८ बजेसम्म जारी रहने
थानकोट।
हिजो शुक्रबार साँझबाट चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित कोतघरमा जारी महाभारत कथामा आधारित ऐतिहासिक बाह्र वर्षे नाच अहिले बिहान ८ बजेसम्म जारी रहने भएको छ ।
थानकोटस्थित आदिनारायण भजन मण्डलको आयोजना तथा चन्द्रागिरि हाईकर्स कम्युनिटीको व्यवस्थापनमा शुक्रबार साँझ ६ः३० बजेबाट सुरु भएको सो जारी छ ।
मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले ऐतिहासिक महाभारत कथामा आधारित १२ वर्षे नाच देखाइरहेको हो ।
ऐतिहासिक १२ वर्षे नाचमा विभिन्न पौराणिक कथामा आधारित नाचहरू देखाउने गरिन्छ ।
विभिन्न देवी देवताहरु गणेश, सात कन्या, सेतीदेवी, बज्रबाराही, पाँच कन्या, भैरव, चुनी शिकारी, महादेव पार्वती गंगा लगायतका देवदेवीहरुको भेषमा नाच नाच्ने गरिन्छ ।
थाहा नगरस्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिका अनुसार तानसेन र चन्द्रसेनको कथामा आधारित नाटक लोप हुनै लागेको अवस्थामा ऐतिहासिक अर्चुरो र बन्यो राजाको कथामा आधारित नाच देखाउने चलन रहेको छ ।