आजदेखि भूतप उल्का वर्षा, नांगै आँखाले यसरी हेर्न सकिन्छ

Thankot Times

थानकोट ।

अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुने भएको छ । यो उल्का वर्षा बुटिज (भूतप) नामक तारामण्डलबाट हुने ठानिएको छ । त्यसैले यसको नाम भूतप उल्का वर्षा दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

पुस १३ देखि सक्रिय रहेको भूतप उल्का वर्षा २८ गतेसम्म रहने छ । तर आजराति अत्यधिक मात्रामा यो उल्का वर्षा हुने बताइएको छ । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने नासोले जनाएको छ ।

यो उल्का वर्षा हेर्न कुनै उपकरण वा टेलिस्कोप नचाहिने हुँदा नांगो आँखाले देख्न सकिनेछ । प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिने बताइएको छ ।

अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहररू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् ।

यसैलाई नै उल्का वर्षा एवं तलनचल्तीको भाषाअनुसार ‘तारा खसेको’ भन्ने गरिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *