बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारबाट, ३ सय खेलाडी सहभागी हुने

Thankot Times

थानकोट ।

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुँदैछ ।

लिगमा पुरुष र महिलातर्फ समान पाँच गरि १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।

पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहमा खेल हुनेछ ।

महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजी ताैल समुहमा भिडन्त हुनेछ ।

प्रतियोगितामा करिब ३ सय जना खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।

काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ ।

प्रत्येक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोबास र यातायातको सुविधा प्रदान गरिनेछ भने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा-५ को कार्यालयमा हुनेछन् ।

३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरि सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण आगामी जेठमा हुने आयोजकले जनाएको छ ।

पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *