ट्रेड युनियन कांग्रेस अध्यक्षका योगेन्द्रकुमार कुँवर केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा मनोनित

Thankot Times

थानकोट ।

सरकारले केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा व्यवसायी र मजदुर नेताहरूलाई मनोनीत गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनसार केन्द्रीय श्रम सल्लाहकार परिषद् सदस्यका रूपमा रोजगारदाता र ट्रेड युनियन महासंघ प्रतिनिधि रहने प्रावधान छ ।

यसअघि ५ मंसिर २०७८ मा मनोनीत सदस्यको कार्यकाल पूरा भएसँगै मन्त्रालयले रिक्त पदमा ट्रेड युनियन र व्यवसायीका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिलाई मनोनीत गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार ट्रेड युनियन महासंघमध्येबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र/नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष योगेन्द्रकुमार कुँवर, नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष जगतबहादुर सिम्खडा, महिला समिति संयोजक विष्णु थापा मगर र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ महिला प्रमुख अनुमा कोइराला मनोनीत भएका छन् ।

रोजगार दातामध्येबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघ सदस्य छाया शर्मा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेशप्रसाद सिंह र होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह मनोनीत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *