कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
थानकोट ।
कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
खातावालाको परिवारको तर्फबाट बिमितकी श्रीमती मुना राणालाई बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो ।
कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।
यस खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा छ ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा कार्यालय, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।