नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन
थानकोट ।
नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ ।
शाहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
शाह वि.संं २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनी नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् ।
सन् १९७१ मा उनी बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत बनेर समेत काम गरेकी थिइन् ।
शाह पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।
शाहको आजै अन्त्येष्टी गर्ने तयारी भएको छ ।