चन्द्रागिरिका हरघरमा अब हरियो नम्बर प्लेट, गृह मन्त्रीले गर्दैछन अभियानको उद्घाटन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका हरेक घर तथा सडकहरूमा डिजिटल नम्बर प्लेट राखिने भएको छ ।

नगरपालिकाबाट प्रवाह हुने सबै सेवालाई डिजिटाइज गर्ने गरि चन्द्रागिरि नगरमा जारी जीपीएस, जीआइएस प्रणालीमा आधारित डिजिटल नगर प्रोफाइल तयार भइसकेपछि नगरले सडक तथा चोकहरूको नामाकरण र सम्पूर्ण घरहरूमा डिजिटल नम्बर प्रदान गर्न लागेको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको सचिवालयले जनाएको छ । 

भोलि (बिहीबार) सो कार्यको उद्घाटनको तयारी भइरहेको बुझिएको छ । संघीय सरकार गृहमन्त्री रमेश लेखकको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानास्थित मुनाल क्लबबाट सो अभियानको सुरुवात हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *