काठमाडौंको भाेटे बहालमा दिउँसै चाेरी
थानकोट ।
काठमाडौँ महानगरपालिका-१२ भोटेबाहालमा मंगलबार दिउँसो चोरी भएको छ ।
सो स्थानमा डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठाबाट लाखौँ रुपैयाँको चोरी भएको हो ।
प्रहरीका अनुसार ९ तोला सुन र नगद ८० हजार रुपैयाँ गरी करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।