… अनि सोमबार दिउँसो चन्द्रागिरि केबलकार केहि घण्टा बन्द भयो

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारको सेवा सोमबार दिउँसो एक्कासी बन्द भयो ।

केबलकारको हाइड्रोलिक पाइप फुट्दा कुदिरहेका केबुलकारका गोन्डोला अचानक रोकिए ।

दिउँसो साढे २ बजेतिर सेवा बन्द हुँदा केबलकारमा सवार दर्जनौं यात्रु अत्तालिएका थिए ।

केबुलकारको २२ वटा डब्बामा रहेका यात्रुहरूलाई आपतकालीन उद्धार प्रणालीमार्फत तल्लो स्टेशनमा झारिएको थियो ।

माथि पुगिसकेका यात्रु भने तत्काल फर्किन पाएनन् ।

केबलकारको हाइड्रोलिक प्रणालीमा समस्या देखिँदा करिब ४५ मिनेट सेवा बन्द भएको कम्पनीले जनाएको छ ।

यो प्रणालीमा प्रयोग हुने पाइपमा समस्या आउँदा केबलकार चल्न नसकेको चन्द्रागिरि हिल्सका  झलक पौडेलले टेकपानालाई बताए । उनका अनुसार पाइपको मुख जोड्ने नट लुज हुँदा यस्तो समस्या आएको थियो ।

पाइपको नट लुज भएपछि हाइड्रोलिक तेलले आवश्यक दबाब सिर्जना गर्न नसकी केबलकार सञ्चालनमा अवरोध पुर्‍याएको उनले बताए । उनले यस घटनालाई सामान्य प्राविधिक गडबडी भन्दै केही समयमै समाधान गरिएको बताए । उनका अनुसार यस्तो समस्या पहिलो पटक भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *