सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ७ सय ६५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।