पश्चिम नेपालमा निरन्तर भूकम्प, बैतडीमा मंगलबार बिहानै गयो ४.६ म्याग्निच्युडको भूकम्प
थानकोट ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
सो भूकम्पपछिको घटना क्रमका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ ।