आज दिनभर माैसम सफा रहने

Thankot Times

थानकोट ।

देशभरको मौसम आज मंगलबार मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशमा हिमाली क्षेत्रमा दिउँसो आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ ।

विभागले बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।

बिहानको समयमा तराई तथा उपत्यकाकामा हुस्सु तथा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *