चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा
थानकोट ।
सोमबार दिउँसो करिब २ः४५ बजेबाट अवरुद्ध भएको चन्द्रागिरि केबलकारको सेवा साँझ पाँच बजेबाट सुचारु भएको छ ।
केबलकारमा प्राविधिक समस्या उत्पन्न भएसँगै केबलकारको सेवा अवरुद्ध भएको थियो ।
हाइड्रोलिक पाइपमा समस्या देखिएपछि केबलकार रोकिँदा केबलकारको टप स्टेशनमा सयाैं यात्रुहरू रोकिएका थिए ।
केबलकार सेवा सुचारु भएसँगै यात्रुहरू केबलकारबाट बटन स्टेशन झार्ने तयारी भइसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
माथिल्लो स्टेशनमा रोकिएका यात्रुहरूको उद्दारका लागि सवारीसाधनको व्यवस्था मिलाइएको भएपनि केबलकारको सेवा सुचारु भएसँगै यात्रुहरू अब केबलकारबाटै तल्लो स्टेशन आउने प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए ।
चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या, टप स्टेशनमा यात्रुहरू रोकिए, गन्डोलाका यात्रुको उद्दार