चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या, टप स्टेशनमा यात्रुहरू रोकिए, गन्डोलाका यात्रुको उद्दार

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या उत्पन्न हुँदा आज (सोमबार) दिउँसो २ः४५ बजेबाट केबलकार सेवा अवरुद्ध छ ।

प्रहरी वृत्त थानकोटका अनुसार केबलकारको गन्डोलामा भएका यात्रुहरूको उद्दार गरिएको छ ।

अहिले प्राविधिकहरूले समस्या समाधानका लागि प्रयास गरिरहेको बताइएको छ ।

केबलकार सेवा अवरुद्ध भएसँगै केबलकारको टप स्टेशनमा सयाैं मानिसहरू रोकिएका छन् । ती यात्रुहरूको सडक मार्गबाट उद्दार (बटन स्टेशनसम्म ल्याउन) तयारी गरिएको बुझिएको छ ।

अपडेटः साँझ ५ बजेबाट केबलकार सेवा पुनः सुचारु भएको कम्पनीले जनाएको छ ।

पछिल्लोपटक गत साउन २ गते पनि चन्द्रागिरि केबलकारमा समस्या उत्पन्न भएपछि गन्डोलामा करिब ७५ जना यात्रु फसेका थिए भने करिब ३ घण्टा सेवा अवरुद्ध भएको थियो ।

चन्द्रागिरि केबलकारमा अड्किएका सबै ७५ जना यात्रुकाे उद्दार


Leave a Reply

Your email address will not be published. Required fields are marked *