नागार्जुन नगरपालिकाका मेयरमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडाैंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगले मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *