पाैष १९ गते थानकोट कोतघरमा थाहा नगरको ऐतिहासिक बाह्र वर्षे नाच देखाइँदै

Thankot Times

थानकोट।

महाभारत कथामा आधारित ऐतिहासिक बाह्र वर्षे नाच नचाइने चन्द्रागिरि नगरपालिकामा पनि नचाइने भएको छ ।

थानकोटस्थित आदिनारायण भजन मण्डलको आयोजना तथा चन्द्रागिरि हाईकर्स कम्युनिटीको व्यवस्थापनमा पाैष १९ गते शुक्रबार साँझ ६ः३० बजेबाट सो नाच प्रस्तुत हुने भएको हो ।

मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले तयार गरेको ऐतिहासिक महाभारत कथामा आधारित १२ वर्षे नाच देखाउने तयारी भइरहेको बताइएको छ ।

ऐतिहासिक १२ वर्षे नाचमा विभिन्न पौराणिक कथामा आधारित नाचहरू देखाउने गरिन्छ ।

विभिन्न देवी देवताहरु गणेश, सात कन्या, सेतीदेवी, बज्रबाराही, पाँच कन्या, भैरव, चुनी शिकारी, महादेव पार्वती गंगा लगायतका देवदेवीहरुको भेषमा नाच नाच्ने गरिन्छ ।

तानसेन र चन्द्रसेनको कथामा आधारित नाटक लोप हुनै लागेको अवस्थामा ऐतिहासिक अर्चुरो र बन्यो राजाको कथामा आधारित नाच देखाउने चलन रहेको थाहा नगरस्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिले जानकारी दिएको छ ।

सबै तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *