डाउन भएको चार दिनपछि चन्द्रागिरि नगरसहित अन्य स्थानीय निकायका वेभसाइट सञ्चालनमा

थानकोट ।
यही पाैष १० गतेबाट ‘डाउन’ भएका चन्द्रागिरि नगरसहित अधिकांश स्थानीय तहका वेभसाइट चारदिन पछि शनिबार सुचारु भएका छन् ।
सम्बन्धित स्थानीय तहको वेभसाइट क्लिक गर्दा मर्मत जारी रहेको पप अप म्यासेज देखिएपनि ती वेभसाइटमा इन्टरनेट प्रयोगकर्ताको पहुँच पुगेको थिएन ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी वेभसाइटहरुको सर्भर व्यवस्थापन गर्दै आएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तहका वेभसाइट सञ्चालन हुने गरेका छन् ।
पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरूमा लगातार समस्या आइरहेको छ।