नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते काठमाडौंमा बस्ने

Thankot Times

थानकोट ।

नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक यही पुस २१ र २२ गते काठमाडौंमा बस्ने भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो (बुधबार) बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४२औं बैठकले केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटीको सो बैठकका एजेन्डा पनि निर्धारण गरेको छ ।

आजको बैठकबाट केन्द्रीय कमिटीका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *