बिहीबार बिहानै जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प
थानकोट ।
पश्चिम नेपालको जाजरकोट जिल्लाको नायकवाडा आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहीबार बिहान ६:३३ बजे उक्त भूकम्प गएको हो ।
केन्द्रले ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।
यसबारे विस्तृत विवरण भने आइसकेको छैन् ।