चन्द्रागिरिसहित अधिकांश स्थानीय तहको वेभसाइट डाउन

थानकोट ।
चन्द्रागिरि नगरसहित अधिकांश स्थानीय तहका वेभसाइट तीनदिन देखि खुल्न छाडेका छन् ।
गत सोमबारदेखि ती वेभसाइट खुल्न छाडेका हुन् ।
सम्बन्धित स्थानीय तहको वेभसाइट क्लिक गर्दा मर्मत जारी रहेको पप अप म्यासेज देखिएपनि बुधबार साँझसम्म ती वेभसाइट खुलेका छैनन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी वेभसाइटहरुको सर्भर व्यवस्थापन गर्दै आएको छ ।
पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरूमा लगातार समस्या आइरहेको छ।