नेकपा एमालेको सदस्यबाट भीम रावल निष्काशित

Thankot Times

थानकोट ।

नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले सो पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

चन्द्रागिरि नगरसँग सीमा जोडिएको कीर्तिपुरको मैत्री नगरमा व्यवसायी मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमाले मुख्यालय बन्न लागेको विषयमा प्रतिक्रिया दिएको भन्दै तीनै जनालाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *