स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित काठमाडाैंबाट समातिए तीनजना युवा
थानकोट ।
स्रोत नखुलेको रकम रू. ९२ लाखसहित तीनजना पक्राउ परेका छन् ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन् ।
उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको कार्यालयका एक अधिकारीले जानकारी दिए ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, उनीहरू सुनको कारोबारी रहेको देखिएको छ ।
एआइ तस्बिर