राप्रपाले सरकारविरूद्ध तीनवटै तहमा खबरदारी सभा गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफल भएको भन्दै खबरदारी सभा गर्ने भएको छ।

मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर पार्टीको पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको बताए ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ, संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकारले पनि जनतामा उत्साह पैदा गराउन असफल रहेको र जनचाहना बमोजिम विकास र सेवा प्रवाह दिन चुक्‍यो।’

राप्रपाद्धारा जारी विज्ञप्तीको पूर्णपाठ पढाैं

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *