सडक पार गर्दै गरेका सिलवालको मोटरसाइकलको ठक्करबाट मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल छन् । उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा सोमबार बेलुका साढे सात बजे बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् ।

उनलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *