नेपाल जेसीजको राष्ट्रिय कार्यकारणी उपाध्यक्षमा थानकोट जेसीजकी एलिना महर्जन निर्वाचित

Thankot Times

थानकोट ।

नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

सुनसरीको इटहरीमा सोमबार सम्पन्न महाधिवेशनमा रजनी थापा राष्ट्रिय अध्यक्ष चयनमा निर्वाचित भएको बताइएको छ । सन् २०२५ का लागि थापा अध्यक्षमा विजयी भएकी हुन्।

थानकोट जेसीजकी एलिना महर्जन राष्ट्रिय कार्यकारणी उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

सोमबार सम्पन्न निर्वाचनमा रामेछाप जेसीजका जीवन कार्कीलाई पराजित गर्दै रजनी थापा राष्ट्रिय अध्यक्ष निर्वाचित भएकी हुन् ।

थापाले ७६२ मत ल्याउँदा कार्कीको पक्षमा ४५३ मत खस्यो ।

महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए। 

अध्यक्षमा निर्वाचित थापा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिइन्।

राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको चार पदमा ८ जनाले उम्मेदवारी दिएकोमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र साैरभ श्रेष्ठ निर्वाचित भए । महर्जनले ७३४ मत प्राप्त गरिन् ।

यस्तै राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् । सो पदमा १७ जनाले उम्मेदवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *