राप्रपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य-सचिवमा आचार्य मनोनीत
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य-सचिवमा पार्टीका केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) लाई मनोनीत गरेको छ ।
यसैगरी सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मतजङ्ग कार्की (स्याङ्जा) र सुश्री स्वाती थापा (रूपन्देही) लाई मनोनयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।