प्याब्सन चन्द्रागिरि नगर अध्यक्षमा सराेज महर्जन निर्वाचित

थानकोट ।
निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सनको चन्द्रागिरि नगर कमिटि अध्यक्षमा सराेज महर्जन निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न प्याब्सन चन्द्रागिरि नगरकाे तेस्रो नगर अधिवेशनले महर्जनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हाे ।
काठमाडौं जिल्ला प्याब्सन उपाध्यक्ष एवं प्रमुख निर्वाचन आयुक्त रिता राई दाहालका अनुसार ३ वर्षे कार्यकालका लागि प्याब्सन चन्द्रागिरिकाे अध्यक्षमा सराेज महर्जन, उपाध्यक्षमा बालकृष्ण भेटवाल, सचिवमा प्रमाेद जिसी, काेषाध्यक्षमा कृष्णहरि बस्नेत निर्वाचन भएका छन् । सदस्यमा मिलन गुरुङ, पूर्णकुमार महर्जन, रामजी प्रसाद पाेखरेल चयन भएका छ्न् । यशाेधा श्रेष्ठ सदस्य मनाेनित भएकी छन् ।
प्याब्सन काठमाडौं अध्यक्ष प्रेमकुमार राईकाे उपस्थितिमा प्याब्सन चन्द्रागिरि नगरका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार नै जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा संंक्षिप्त सम्बाेधन गर्दै प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष राईले स्थानीय निकायसँग समन्वयकारी भूमिका खेल्न सकेकोमा चन्द्रागिरि प्याब्सनको प्रसंशा गरेका थिए । उनले संघ सरकारबाट जारी हुने संघारमा रहेकाे शिक्षा विधेयकका बारेमा सबैले चासाे दिनुपर्नेमा जाेड दिँदै सो विधेयकले प्याब्सनको पेशागत हकहित र लगानी सुरक्षित गर्ने सन्दर्भमा कस्तो भूमिका खेल्दछ भन्ने अध्ययन गर्नुपर्ने धारणा राखे ।
साे अघि प्याब्सन चन्द्रागिरि नगरका सचिव बालकृष्ण भेटवालले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उनले चन्द्रागिरि नगरपालिका भित्र रहेका तर प्याब्सनसँग आवद्ध भइनसकेको करिब ५० वटा संस्थागत विद्यालयलाई संस्थामा समावेश गर्न प्रयास भइरहेको जानकारी दिए ।
अधिवेशनमा काेषाध्यक्ष प्रमाेद जिसीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेशनका क्रममा रिब्स माविका संस्थापक प्रधानाध्यापक डीबी गुरुङलाई कुशल नेतृत्व सम्मान प्रदान गरिएको थियाे । यसैगरी ब्राइट फ्यूचर माविका अध्यक्ष माेहनकुमार कार्कीलाई विशेष सम्मान गरिएको थियाे ।
चन्द्रागिरि नगरमा हाल ५२ वटा (माध्यमिक तह) निजी तथा आवासीय विद्यालयहरु सञ्चालनमा रहेपनि प्याब्सन नगर समितिमा ३२ विद्यालयले मात्रै ऐक्यबद्धता जनाएका छन् ।
सांगठनिक ऐक्यबद्धताकाे लागि २०७५ मा चन्द्रागिरि नगरमा निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सनको गठन गरिएको थियाे । यसअघि दीपक महर्जन प्याब्सन चन्द्रागिरि नगर अध्यक्षका रुपमा लगातार २ कार्यकाल बिताएका थिए ।
काठमाडौं जिल्लामा हालसम्म गाेकर्णेश्वर बाहेक अन्य स्थानीय तहमा प्याब्सनकाे महाधिवेशन सम्पन्न भइसकेको छ ।
२७ पाैषमा प्याब्सनकाे काठमाडौं जिल्ला अधिवेशन हुँदैछ भने माघमा बागमती प्रदेश अधिवेशन हुने तालिका रहेकाे छ ।