नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गाेरखाका बुद्धिमान श्रेष्ठलाई नियुक्त गरेको छ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि २०८० वैशाखमा प्रतिष्ठानको कार्यकारी निर्देशक सुरेश आचार्य नियुक्त भएका थिए।

आचार्यलाई सरकारले सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेपछि प्रतिष्ठानको कार्यकारी निर्देशक पद रिक्त थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *