जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गगन थापाको माग

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन् । आज आइतबार सामाजिक सञ्जालमार्फत थापाले यसमा संलग्नहरूमाथि कारबाहीको माग गरेका छन् । 

यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न नसकिने उनले लेखेका छन् ।

उनले लेखेका छन्, ‘‘जनकपुर बोल्टसका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।’’

उनले थपेका छन्, ‘‘सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन।’’ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *