बालाजु बाइपासमा मृत भेटिए योगेश, अनुसन्धान जारी
थानकोट ।
काठमाडौंको बालाजु बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश विक मृत फेला परेका हुन् ।
उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरी वृत्त बाजालुबाट थप अनुसन्धान जारी राखिएको छ ।