महिला यू-१९ एसिया कपको उपाधि भारतको पोल्टामा, ६ टोलीमा नेपाल तेस्रो
थानकोट ।
भारतले महिला यू-१९ एसिया कपको उपाधि जितेको छ।
आज आइतबार मलेसियामा सम्पन्न फाइनल खेलमा बंगलादेशमाथि ४१ रनको जित निकाल्दै भारतले उपाधि जितेको हो।
भारतले पहिले ब्याटिङ गरि पूरा २० ओभरमा ११७ रन बनाएकोमा बंगलादेशले १८.३ ओभरमा अलआउट हुनुअघि मात्रै ७६ रन बोर्डमा जोड्न सक्यो ।
प्रतियोगिताको यो पहिलो संस्करण हो ।
६ टोली सम्मलित प्रतियोगिामा नेपाल तेस्रो, श्रीलंका चाैथो र मलेसिया र पाकिस्तान संयुक्त रुपमा पाँचाैं स्थानमा रहे ।