कालिमाटी तरकारी बजारमा १६२ तरकारी र फलफूलको विषादी परीक्षण, अधिकांश खानयोग्य

Thankot Times

थानकोट ।

कालिमाटी तरकारी बजारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत गरेको विषादी परीक्षणको नतिजा सार्वजनिक गरिएको छ। जसअनुसार बजारमा बेच्न राखिएका विषादी परीक्षणका क्रममा अधिकांश खानयोग्य भेटिएका छन् ।

विभागका विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार २१ प्रकारका तरकारी फलफूलहरुका १६२ वटा नमुनाहरुको परीक्षण गरेको थियो  ।

परीक्षण गरिएको सबै तरकारी फलफुल खान मिल्ने  रहेको  उनले बताए  ।  खानयोग्य भएपनि स्थलगत रुपमा परीक्षण गरिएको नमुनाहरु मध्ये २० वटा नमुनाहरुको थप जटिल विधिबाट समेत परीक्षण गर्न विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *