देवदर्शन सहकारीको अध्यक्षमा रामनारायण घिमिरे निर्वाचित
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामनारायण घिमिरे निर्वाचित भएका छन् ।
संस्थाको शनिबार सम्पन्न १६ औं साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो ।
जसअनुसार संस्थाको उपाध्यक्षमा बेलीमैंया घले, सचिवमा नानु पण्डित थापा, कोषाध्यक्षमा राजु कार्की निर्वाचित भएका छन् ।
यसैगरी संस्थाको सञ्चालक समिति सदस्यमा तीर्थ कुमार लामा र राम तामाङ निर्वाचित भएका छन्।
विमल विक्रम बानियाँ लेखा संयोजक चयन हुँदा वसन्त महर्जन र माधव प्रसाद रेग्मी लेखा सदस्य निर्वाचित भएका छन् ।
देवदर्शन साकोस २०६५ फागुन १० गते स्थापना भएको हो ।
घिमिरे यसअघि पनि देवदर्शन सहकारीको अध्यक्ष थिए ।