जान्नुहाेस आज दिनभरकाे माैसम पूर्वानुमान
थानकाेट ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा बदली हुने महाशाखाले बताएको छ।
बाँकी भूभागमा मौसम सफा रहनेछ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।