आज शनिबार कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहाेस दिनभरकाे माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा सँगसँगै फाटफूट देखि हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा फाटफूटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *