नौबिसे-मुग्लिङ सडक पाैष ७ देखि १३ सम्म आंशिक बन्द
थानकोट ।
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन खण्ड पुस ७ देखि १३ सम्म आंशिक बन्द हुने भएको छ ।
नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाले जनाए ।
बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारीसाधन आंशिक रूपमा रोकी निर्माण कार्य गरिने नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी र पश्चिम खण्ड) तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले संयुक्त रूपमा जारी गरेको सूचनामा उल्लेख छ ।
‘पहाडको माटो काट्नुपर्ने भएकाले कार्यालयको आग्रह र समन्वयमा राजमार्ग आंशिक बन्द हुन लागेको हो,’ देवकोटाले भने । उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
पोखरेभीरको मोड सुधारका लागि उक्त अवधिमा नौबिसेबाट गजुरी छिर्ने भारी सवारीलाई गल्छी–बैरेनी र हलुका सवारीलाई जरेखेतमा रोकिनेछ । मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीलाई चालिसे र हलुका सवारीलाई घाटबेंसीमा रोकिनेछ ।