काठमाडाैं महानगरको टोलीले धुम्बाराहीमा एक महिलाले सडक खनेर माटो थुपारेको भेटेपछि…..
थानकोट ।
काठमाडौं महानगरपालिकाले सडक खनेर माटो थुपारेको भन्दै एक जनालाई जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका-३ धुम्बाराहीकी एलिना कार्कीलाई महानगर प्रहरी बलले १० हजार रूपैयाँ जरिवाना तिराएको हो ।
कार्कीले घरअगाडिको सडक खनेर माटो थुपारेर अलपत्र छाडेको तथा फोहरमैला गरेको महानगरले जनाएको छ ।
मेयर बालेन्द्र (बालेन) शाहको सचिवालयले नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई महानगरले कानूनी कारबाही गर्दै आएको र यो निरन्तर जारी रहेको जनाएको छ ।