काठमाडाैंको कोटेश्वर क्षेत्रमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
थानकोट ।
काठमाडौंको कोटेश्वरमा दुर्घटनामा परेर दुई जनाको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ जडिबुटी कामख्या पेट्रोल पम्प नजिक सडकमा बा.५ ख ३७६४ नम्बरको बसले बा. ६७ प ५८६४ नम्बरको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार रामेछाप गोकुलगंगा गाउँपालिका-७ घर भई ललितपुर बस्ने ४२ वर्षीया गायत्री कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस तथा स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको निधन भएको छ ।
प्रहरीका अनुसार आज (बिहीबार) बिहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वरनजिकै बालकुमारी सडकमा बा.प्र. ०२- ०२१ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका ५५ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।