आज बिहान काठमाडाैंको तापक्रम ४.८ डिग्री सेल्सियस, केहीदिन यही अवस्था जारी रहने
थानकोट ।
काठमाडौं उपत्याकाको न्यूनतम तापक्रम बिहीबार बिहान केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंमा ४.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको थियो।
आज बिहीबार तापक्रम घटेर ४.८ पुगेको हो।
मौसमविदहरूले केही दिन तापक्रम र मौसम यही सेरोफेरोमा रहने बताएका छन्।
राति आकाशमा बादल जम्मा हुँदा र कम हावा चल्दा न्यूनतम तापक्रम अघिल्लो दिनको भन्दा केही बढ्न सक्ने उनीहरूले बताएका छन्।
चन्द्रागिरि नगर क्षेत्रको तापक्रम अहिले बिहान ७ः३० बजे ५ डिग्री सेल्सियस मापन गरिएको छ ।