अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै क्लिनिकलाई महानगरले गरायो ५० हजार जरिवाना

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ ।

महानगरको एक नम्बर वडामा रहेको आवरण स्कीन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै ५० हजार जरिवाना गरेको हो ।

आजै काठमाडौं महानगरपालिकाले ३ नम्बर वडाको धुम्बाराही क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरले अस्पतालजन्य फोहोर फ्याँकेको भन्दै ५० हजार कारबाही गरेको थियो ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोष्टर टाँस्ने, निर्माण सामाग्री जथभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रामक नीति लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *