तपाँईको मोबाइलमा पनि क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको म्यासेज आयो कि ? सावधान !

Thankot Times

थानकोट ।

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ ।

‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो ।

सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ ।

यससँगै विश्वासिलो अफर देखाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन । टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइटको सहयोग लिन उनले अनुरोध गरे ।

साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुने सम्भावना धेरै हुन्छ ।

यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको बैंक खाता, पासवर्डलगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन् ।

यसबाट बच्न शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् ।

आधिकारिक डोमेन मात्र प्रयोग गर्नुहोस् र नचिनेको अफरहरूबाट सतर्क रहनुहोस् । नि:शुल्क पाइन्छ वा सस्तोमा धेरै पाइन्छ भन्ने लोभमा परेर आफ्नो व्यक्तिगत जानकारी कसैलाई पनि नदिनुहोस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *