निजामती विधेयकको उत्पत्ति नै ठिक ढंगले भएन : सांसद राजेन्द्रकुमार केसी
थानकोट ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले निजामती विधेयकको उत्पत्तिमै प्रश्न उठाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विधेयकको मस्यौदा कमजोर भएको टिप्पणी गरे ।
‘यो विधेयक एकदमै कमजोर मस्यौदाको रुपमा आएको छ’ सांसद केसीले भने, ‘यो विधेयकको उत्पत्ति नै ठिक ढंगले भएन ।’
विधेयकलाई बृहत् छलफल गरेर पुनर्लेखनकै तहमा परिमार्जन हुनुपर्ने उनको भनाइ छ । यसका लागि राजनीतिक सहमति पनि खोज्नुपर्ने राय उनले बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दिएका हुन् ।
‘यो विधेयकमा राष्ट्रिय सहमति खोजौं । आ–आफ्ना कुरा मात्रै राख्दै गए वर्षौं लाग्छ’, उनले भने ।
फाइल फोटो