मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र प्रसाद तिम्सिना नियुक्त
थानकोट ।
सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।
यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा. नेत्र प्रसाद तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।