काठमाडाैंमा कारमा सवार चार जना युवकको साथमा ६८ लाख फेला परेपछि

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुबेदी पक्राउ परेका हुन् ।

प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । सो रकम हुन्डीको भएको प्रहरी आशंका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *