संघीय संसदअन्तर्गत आज चारवटा समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद अन्तर्गतका आज बुधबार चारवटा संसदीय समितिका बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरबारस्थित सचिवालय भवनमा बस्नेछ ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने बिद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । जसका लागि बिहान ९ः०० बजे बैठक आह्वान गरिएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज पनि राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुने सचिवालयले जनाएको छ ।

साथै, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने विभिन्न स्थलगत अनुगमन प्रतिवेदनहरू सम्बन्धमा छलफल गरिनेछ ।

जुन बैठक ११ः०० बजेबाट सुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *