चन्द्रागिरिमा चिसाे कम हुँदै, कति छ आज बिहानको तापक्रम ?
थानकोट ।
काठमाडौंमा मंगलबारको तुलनामा बुधबार (आज) तापक्रम केही बढी छ ।
काठमाडौंमा बुधबार बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ । हिजो यही समय काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।
“काठमाडौंमा आज मौसम सफा रहनेछ । देशका कुनै पनि ठाउँमा वर्षाको सम्भावना छैन,” मौसमविद् मीनकुमार अर्यालले भने, “कोसी र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ । तर वर्षाको सम्भावना छैन ।”
तराईका केही स्थान तथा उपत्यका र पहाडी भू–भागमा बिहान हुस्सु र कुहिरो लागेको उनले जानकारी दिए ।
चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहानको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ।