बलम्वु निवासी क्यान्सर पीडित अञ्जलीको उपचारमा सहयोगी हातहरू जुट्दै
थानकोट ।
क्यान्सरसँग जुधिरहेकी अञ्जली श्रेष्ठको उपचारमा सघाउ पुर्याउने उद्देश्यले बलम्बुमा सांगीतिक साँझ आयोजना गरिएको छ ।
श्रेष्ठको उपचारमा सहयोग पुर्याउने आइतबार बलम्बुमा लु निभा सांगितिक समुहले च्यारिटी कार्यक्रम आयोजना गरेको हो ।
क्यान्सरको महँगो उपचारले निकै सकसपूर्ण र कठिनाइ भईरहेको बुझेर सो समुहले उक्त कार्यक्रम संयोजन गरेको अंताज नकर्मीले जानकारी दिए । सम्भव भएसम्म चन्द्रागिरिका सबै वडामा च्यारिटी सांगीतिक कार्यक्रम गरिने नकर्मीको भनाइ छ।
सो समुह सदस्यहरु अंताज नकर्मी, हिरक सुवाल, रोहित महर्जन, सौरभ नकर्मी, अनेश महर्जन लगायतका कलाकारहरुले उक्त कार्यक्रमबाट संकलन भएको रकम अञ्जली श्रेष्ठका परिवारमा हस्तान्तरण गरेका छन् ।
श्रेष्ठको उपचारमा स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरूले समेत सहयोगको प्रतिबद्धता जनाएको बताइएको छ ।
२७ वर्षीया श्रेष्ठमा पाँच वर्षअघि क्यान्सर पहिचान भएको थियो। नर्सिङ पेशामा आवद्ध भएकै बखत उनमा क्यान्सर देखिएपछि उनी उपचाररत छिन् ।
श्रेष्ठमा दर्जनौंपटक किमो थेरापी गराइ सकिएपनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको बताइएको छ ।
एआइ इमेज